समय : १२:३० pm | बिहिबार , चैत्र १९ गते २०८२

सुन चाँदीको भाउ हालसम्मकै उच्च

अर्थ विशेष | असाेज ८ गते २०८२

काठमाडौं । नेपाली बजारमा आज पनि सुन चाँदीको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन तोलामा २ लाख २३ हजार रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

हिजो सुनको भाउ तोलामा २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि हालसम्मकै उच्च भएको छ । आज चाँदीको भाउ २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २७ सय रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो ।

हिजो चाँदीको भाउ प्रतितोला २६ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्