समय : ०८:२२ pm | सोमबार , चैत्र २३ गते २०८२

सुनको मूल्य तोलामा एक हजार घट्यो

अर्थ विशेष | असाेज १ गते २०८२

काठमाडौँ । आज सुनको मूल्य तोलामा रु एक हजार घटेको छ । आजका लागि सुनको मूल्य तोलामा रु दुई लाख १६ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला रु दुई लाख १७ हजार १०० को कीर्तिमानी मूल्यमा किनबेच भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा रु ४५ घटेर रु दुई हजार ५५० मा किनबेच हुँदैछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६७८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्