समय : ०९:४२ pm | सोमबार , चैत्र २३ गते २०८२

उद्योगी व्यवसायीद्वारा शान्ति पदयात्रा

अर्थ विशेष | भाद्र ३१ गते २०८२

कास्की । दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा मंगलबार मौन शान्ति पदयात्रा निकालिएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा पोखराका उद्योगी–व्यवसायीले पदयात्रा गरेका हुन् ।

सङ्घको सचिवालय गैह्रापाटनबाट सुरु भएको उक्त पदयात्रा महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड हुँदै पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले व्यावसायिक वातावरण निर्माण गर्न आग्रह गरेका थिए ।

शान्ति बिना व्यावसायिक वातावरण निर्माण हुन सक्दैन्, व्यवसायीको आत्मबल बढाउन जरुरी छ,” उनले भने, विषम परिस्थितिमा संयमित हुन उनले उद्योगी र व्यवसायीलाई आग्रह समेत गरेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्