समय : ०८:४० am | मङ्गलबार , वैशाख ८ गते २०८३

बागमतीका समस्याग्रस्त सहकारीलाई ऋण चुक्ता गर्न ताकेता

अर्थ विशेष | श्रावण ९ गते २०८२

काठमाडौं। बागमती प्रदेश सरकारअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थान समितिको कार्यालयले बागमती प्रदेशभित्रका पाँचवटा समस्याग्रस्त सहकारीका ऋणीलाई आगामी भदौ मसान्तसम्म ऋण चुक्ता गर्न ताकेता गरेको छ ।

समितिले शुक्रबार सूचना प्रकाशित गर्दै सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीलाई आगामी भदौ ३१ गतेभित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको हो ।समितिले आगामी भदौ मसान्तभित्र ऋण बुझाएमा ब्याज गणना र हर्जनाको हिसाब सम्बन्धित सहकारी संस्था समस्याग्रस्त हुनुभन्दा अघिल्लो दिनलाई आधार मानिने सूचनामा उल्लेख गरेको छ ।

साथै आगामी भदौ मसान्तसम्म पनि ऋण चुक्ता गर्न नआउने ऋणीको हकमा भने ऋण चुक्ता गर्ने अघिल्लो दिनसम्मको आधारमा साँवा, ब्याज र हर्जना कायम हुने समितिले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्