समय : ०८:५२ am | मङ्गलबार , वैशाख ८ गते २०८३

सुनसरीमा सत्र लाख मूल्य बाराबरको भन्सार छलीको सामान बरामद

अर्थ विशेष | श्रावण ८ गते २०८२

धरान (सुनसरी) । सुनसरीमा भन्सार छली गरी ल्याइएको रु १७ लाखभन्दा बढी मुल्य बराबरको लत्ताकपडा र मोटरसाइकल सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीबाट खटिएको विभिन्न गस्ती टोलीले तीन छुट्टाछुट्टै स्थानमा भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको रु १७ लाख ५० हजार ८०५ रुपैयाँ बराबरको लत्ताकपडा, जुत्ता, किराना सामग्री र चार वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

आज बिहान सुनसरीको गढी गाउँपालिका–२, औरावनी, इनरुवा नगरपालिका–४ हनुमानचोकस्थित पूर्वपश्चिम लोकमार्ग, दुहबी नगरपालिका–११ नहरचोकलगायतका ठाउँमा सशस्त्र प्रहरी बलको गस्ती टोलीले जाँचका क्रममा उक्त सामान बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।

उक्त घटनामा संलग्न व्यक्ति प्रहरीलाई देखेपछि सामान र मोटरसाइकल छोडेर फरार भएका छन् । को.१९ प.९०९२ ग्ल्यामर, को ३ प १२० होन्डा साइन, प्रदेश १–०२–०३६ प ३६०८ आरटिआर अपाचे र प्रदेश.१–०२–०५४ प.६७८३आरटिआर अपाचेमोटरसाइकल बरामद गरिएको छ ।

मोटरसाइकल र बरामद भन्सार छली सामग्री आवश्यक कारबाहीका लागि मुख्य भन्सार कार्यालय, सेतुबन्ध, कोशी ब्यारेजमा बुझाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्