समय : ०२:३२ pm | मङ्गलबार , वैशाख ८ गते २०८३

ठमेलबाट दुई किलो सुन र नगदसहित दुई चिनियाँ नागरिक पक्राउ

अर्थ विशेष | श्रावण ६ गते २०८२

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलबाट दुई किलो सुन र २४ लाख नगदसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले राससलाई जानकारी दिए । उनले भने, “ठमेलस्थित एक होटलबाट उनीहरूको साथबाट सुन र नगद बरामद गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।”

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्