समय : ०८:३४ pm | बुधबार , चैत्र ११ गते २०८२

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

अर्थ विशेष | असार २६ गते २०८२

तनहुँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तनहुँको एक विद्यालयलाई सहयोग गरेको छ ।

गत जेठमा म्याग्दे गाउँपालिका–४ थर्पुस्थित मीन माध्यमिक विद्यालय भवनको छानो हुरीले उडाएपछि अध्ययन अध्यापन प्रभावित भएको जानकारी पाएपछि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले एक लाख रुपैयाँ खर्चेर विद्यालयलाई टिनको छानो हालिदिएको हो ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र भण्डारीका अनुसार विद्यालयको १२ कोठे भवनमा ट्रस राखेर छानो हालिएको छ । यसअघि ढुङ्गाको छानो थियो । त्यसलाई नै निरन्तरता दिँदा दुर्घटनाको जोखिम भएकाले ढुङ्गाको सट्टा टिन प्रयोग गरिएको उनको भनाइ छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्