समय : ०४:२२ pm | शुक्रबार , वैशाख ११ गते २०८३

प्रतिनिधिसभाको बैठक बुधवार बस्नेगरी स्थगन

अर्थ विशेष | जेठ १३ गते २०८२

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक भोलि बुधवार बिहान ११ बजे बस्ने भएको छ । आजको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसकेकाले बुधवारका लागि सारिएको सूचनामार्फत सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए

आजको बैठक सुरु भए लगतै प्रमुख प्रतिपक्ष दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । प्रतिपक्ष दलहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले बैठक अवरोध गरेका हुन् ।

विपक्ष दलका सांसदहरूले भिजिट भिसा प्रकरणका विषयमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोगको माग गर्दै सदन अवरोध गरेका थिए ।त्यसपछि दुई पटक सूचना जारी गरी बैठक सारिएको थियो । सभामुख देवराज घिमिरेले सत्तारूढ र प्रतिपक्षी दलहरूबिच सहमति कायम गरी संसद्को अवरोध खुलाउन प्रयास गरिसका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्