समय : ०४:०६ pm | शनिबार , वैशाख १२ गते २०८३

भोजपुरमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम

अर्थ विशेष | वैशाख ३१ गते २०८२

भोजपुर । पौवादुङमा गाउँपालिकामा पहिलो पटक ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन’ कार्यक्रम सुरु भएको छ ।कोशी प्रदेश सरकार, पौवादुङमा गाउँपालिका र दायित्व नामक संस्थाको लागत साझेदारीमा कार्यक्रम सुरु भएको हो ।

दायित्व संस्थाका कोशी प्रदेश संयोजक भविन विश्वकर्माका अनुसार गाउँपालिकाभित्रका ४० जना उद्यमीलाई छनोट गरिएको छ ।
छनोटमा परेकालाई उद्यमशीलतासम्बन्धी तीनदिने प्रशिक्षण पनि प्रदान गरिएको छ । छनोटमा परेका १० जना व्यवसायीलाई नवप्रवद्र्धन गर्न एक–एक लाख सहयोग गरिने संयोजक विश्वकर्माले जानकारी दिए ।

गाउँपालिकाका व्यवसायीहरूमा उद्यमशीलताको विकासका लागि प्रस्तुत कार्यक्रमबाट मद्दत पुग्ने गाउँपालिका उपाध्यक्ष ज्योत्स्ना राईले बताए ।

कार्यक्रममा कोशी प्रदेश सरकारको ४० लाख, गाउँपालिकाको २० लाख र दायित्व संस्थाको १५ लाख गरी ७५ लाख लागतमा सञ्चालन गरिने उनले जानकारी दिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्