समय : ०४:०६ pm | शनिबार , वैशाख १२ गते २०८३

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

अर्थ विशेष | वैशाख ३१ गते २०८२

काठमाडौं । काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । उनले भने, ‘ग्यास लिक हुँदा आगलागी भएको छ, मृतकको शव फेलापरेको छ, सनाखत हुन बाँकी छ, आगो निभाउने प्रयास जारी छ ।

आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर पनि आगो सल्केको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्