समय : ०४:३९ pm | बुधबार , वैशाख १६ गते २०८३

दलित समुदायलाई आत्मनिर्भर बनाउन ‘सीपमूलक तालिम’

अर्थ विशेष | चैत्र १४ गते २०८१

भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिकाले दलित समुदायलाई ‘व्यावसायिक सीपमूलक कार्यक्रम’ सुरु गरेको छ । न्यून आय भएकालाई आर्थिक रूपमा सक्षम, उद्यमशीलसँगै आत्मनिर्भर बनाउन कार्यक्रम थालेको हो ।

गाउँपालिकाले दलित समुदायका सदस्यलाई आत्मनिर्भर बनाउन १५ दिने मुढा बनाउने तालिम सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् ।
आर्थिक रूपमा कमजोर वर्गलाई पालिकाले आयआर्जनका विविध कार्यक्रममा सहभागी गराउन यस्ता सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताइन् ।

पालिकाले महिलाहरूलाई अचार बनाउने, ढाका बुनाइ, सिलाइकटाइ, बेमौसमी सागसब्जी खेती, बङ्गुरपालन, बाख्रापालन, कुखुरापालनलगायत कार्यक्रम सञ्चालन गरिरहेको उपाध्यक्ष राईले जानकारी दिइन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्