समय : ०९:४८ am | बिहिबार , फागुन २८ गते २०८२

आज सामान्य बढ्यो सुन चाँदीको भाउ

अर्थ विशेष | चैत्र १३ गते २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको छ । यससँगै सुन १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि सामान्य बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा १९ सय ९० रुपैयाँमा कायम भएको छ। हिजो पनि चाँदीको भाउ तोलामा १९सय ८० रुपैयाँमा कारोबार भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्