समय : १०:०० am | मङ्गलबार , चैत्र १० गते २०८२

५ वर्ष पुरानो नगद लाभांश बुझिलिन सिटिजन्स बैंकको आग्रह

अर्थ विशेष | चैत्र ६ गते २०८१

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।
बैंकले एक सूचना जारी गर्दै आव २०७५/७६ को साधारण सभाबाट पारित भएको ५ वर्ष पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेको हो । सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार सिटिजन्स क्यापिटलमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्नेछ ।

अन्यथा उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांस लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ । बैंकले आर्थिक वर्ष आव २०७५/७६ का लागि १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर गरी कुल १५ प्रतिशत लाभांश दिएको थियो । यसका साथै, बैंकले हितग्राही खाता नखोलेका सेयरधनीहरुलाई हितग्राही खाता खोल्न र भोतिक सेयर अभौतिकिकरण गर्न बाँकी भएमा अभौतिकिरण गरी हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्