समय : १२:२४ am | बिहिबार , वैशाख १६ गते २०८३

सुनको मूल्य हालसम्मकै महँगो

अर्थ विशेष | चैत्र ५ गते २०८१

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड तोडेको छ ।

अघिल्लो दिनको तुलनामा मंगलबार सुन प्रतितोला ११ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेको छ । सोमबार १ लाख ७४ हजार १ सय रुपैयाँ थियो ।

यसअघि गत शुक्रबार सुनको मूल्यले १ लाख ७४ हजार ५ सय रुपैयाँको उच्च रेकर्ड बनाएको थियो । चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ । सोमबार प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार ५० रुपैयाँ पुगेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्