समय : ०२:४९ am | शुक्रबार , वैशाख १७ गते २०८३

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड

अर्थ विशेष | फागुन १२ गते २०८१

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म निष्कासन गरेको आईपीओ फागुन ११ गते निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको परिसरमा बाँडफाँड भएको हो ।
उक्त आईपीओमा रितपूर्वक आवेदन दिने ४८ हजार ३१२ सय आवेदकमध्ये १८ हजार आवेदकलाई सेयर बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल १८ लाख कित्ताको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता सेयर गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि जारी गरेको थियो।

कम्पनीले ३ प्रतिशतले हुने ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरी अब बाँकी १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ ।

बाँडफाँडमा परेका सेयरहरुको विवरण प्रभु क्यापिटलको वेबसाइट अथवा सिडीएससीबाट सञ्चालित वेबसाइटबाट हेर्न सकिन्छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्