समय : ०३:२१ pm | बिहिबार , फागुन २८ गते २०८२

डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने घट्यो

अर्थ विशेष | फागुन ८ गते २०८१

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन ८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.८३ र बिक्रीदर १३९.४३ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको यही भाउ कायम थियो ।
यस्तै, आज एक यूरोको खरिददर १४४.७५ रुपैयाँ र बिक्रीदर १४५.३८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १४५.२७ रुपैयाँ र बिक्रीदर १४५.९० रुपैयाँ कायम थियो। आज एक पाउण्डको खरिददर १७४.७४ रुपैयाँ र बिक्रीदर १७५.४९ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १७४.९५ रुपैयाँ र बिक्रीदर १७५.७१ रुपैयाँ कायम थियो ।

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८८.१२ रुपैयाँ र बिक्रीदर ८८.५० रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.१४ रुपैयाँ र बिक्रीदर ९.१८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.८०रुपैयाँ र बिक्रीदर ३७.९६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०५ रुपैयाँ र बिक्रीदर १९.१४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.२६ रुपैयाँ र बिक्रीदर ३१.३९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.०९ रुपैयाँ र बिक्रीदर ३८.२५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६३ रुपैयाँ र बिक्रीदर ९.६७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४९.५१ रुपैयाँ र बिक्रीदर ४५१.४५ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्