समय : ०९:३९ am | शुक्रबार , वैशाख १८ गते २०८३

किसानका उपज आफूखुशी बिक्री वितरण गर्ने वातावरण माग

अर्थ विशेष | फागुन ६ गते २०८१

काठमाडौँ । सांसदहरूले कृषकद्वारा उत्पादित कृषि उपज आफूखुशी बिक्रीवितरण गर्न पाउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद रामप्रकाश चौधरीले तराई मधेशका किसानले सहज रूपमा तरकारीलगायत कृषि उपज बिक्री वितरणमा अवरोध गरिएकामा आपत्ति प्रकट गरे ।नेमकिपाका सांसद प्रेम सुवालले विपीन जोशीको रिहाइका लागि आवश्यक पहल हुन नसकेको र द्वन्द्वग्रस्त देशमा पुनः रोजगारीका लागि पठाउन खोजिएकामा आपत्ति प्रकट गरे ।

सांसद गणेश पराजुलीले सुपारी आयातमा देखिएको वेथितीको सत्यतथ्य सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आन्तरिक खपतका लागि आन्तरिक उत्पादन नै काफी हुने भएपनि अत्याधिक मात्रामा आयातका लागि मार्ग प्रशस्त गरिएकामा उनले आपत्ति प्रकट गरे ।

साध्सद डिकबहादुर लिम्बुले पाथीभरामा केवलकार निर्माणका विषयमा भइरहेको विवादलाई सार्थक पहलमार्फत सार्थक समाधान गर्न माग गरे । उनले सुकुम्बासीको समस्या समाधान गर्न, विकास निर्माणको कामलाई प्रभावकारी बनाउन समेत सरकारको ध्यानाकर्षण गराए ।

सांसद रेखा यादवले भारतमा नेपाली विद्यार्थी मृत्युका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराइन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्