समय : ०९:४० am | शुक्रबार , वैशाख १८ गते २०८३

लिवर्टी इनर्जीको हकप्रद सेयरधनीहरुको डिम्याट खातामा जम्मा

अर्थ विशेष | फागुन ६ गते २०८१

काठमाण्डौ । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले निष्कासन गरेको हकप्रद सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिएको छ । २०८० माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट निर्णय भए बमोजिम गत कात्तिक २० गतेसम्म कायम सेयरधनीहरुलाई चुक्ता पूँजीको ५० प्रतिशतको अनुपातमा निष्काशन गरिएको ७५ लाख कित्ता हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङमा सुचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भएको कम्पनीले जनाएको छ ।
उक्त हकप्रद प्रयोजनको लागि गत कात्तिक २१ गते बुक क्लोजको मितिसम्म आफ्‌नो भौतिक सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुलाई उक्त हकप्रद सेयर हितग्राही खातामा नै जम्मा गरिएको कम्पनीले जनाएको छ ।

साथै, कम्पनीको सेयर गत कात्तिक २० गतेसम्म धितो बन्धक राखी कर्जा लिएका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुबाट स्वीकृत वा फुकुवा(पत्र लिई पेश गरे पश्चात मात्र खातामा सो हकप्रद सेयर जम्मा गरिने कम्पनीले उल्लेख गरेको छ । साथै सो मिति पश्चात् रोक्का राखिएको सेयरको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुले हकप्रद सेयर रोक्का भए÷नभएर्को कीन गर्न तथा रोक्का गर्नुपर्ने भएमा रोक्का गर्न समेत सूचित गरिएको छ ।

ःबिबिध कारणले हालसम्म खातामा सेयर नआएको वा डिम्याट नगरेको भए सेयरधनीहरुले सेयर रजिष्ट्रार प्रभु क्यापिटलमा सम्पर्क गरि आफ्नो सेयर डिम्याट गरि हकप्रद सेयर सोझै आफ्नो हितग्राही खातामा प्राप्त गर्न सकिने समेत कम्पनीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्