काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
बजारमा पैसा धेरै भएपछि त्यसको व्यवस्थापनका लागि राष्ट्र बैंकले पछिल्लो समय निरन्तर रुपमा पैसा झिक्दै आएको छ ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।