समय : ०७:२५ pm | शुक्रबार , वैशाख १८ गते २०८३

चालु आवको बजेट एक चम्चा घ्यू एक हजार जनालाई बाँडेजस्तो : सांसद रिजाल

अर्थ विशेष | माघ २९ गते २०८१

काठमाडौँ । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले चालु आर्थिक वर्षको बजेट विनियोजन कुशलता नदेखिएको टिप्पणी गरेका छन् । सीमित स्रोतलाई अत्यधिक विनियोजनमुखी हुनेगरी बजेट आएको उनले बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसद रिजालले भने, “चालु आर्थिक वर्षको बजेट एक चम्चा घ्यू एक हजार जनालाई बाँड्नेजस्तो भयो । सङ्घ सरकारले बनाउने बजेट वितरणमुखी भयो ।” उत्पादन बढाउने र न्यायोचित वितरण गर्ने कुरालाई बजेटको प्राथमिकतामा राख्न नसकेको उनको भनाइ छ ।

संसद्को प्रभावकारितामाथि पनि उनले प्रश्न उठाए । आज प्रतिपक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको अवरोधका कारण केही समय बैठक स्थगित भएको थियो ।

सांसद रिजालले संसद्लाई प्रभावकारी र नतिजामुखी बनाउन सबै दल जिम्मेवार हुुनुपर्ने बताए । “संसद् भनेको नीतिको थलो हो, जिद्दीको थलो होइन । संसद् नियमनको थलो हो, तथानामको थलो होइन”, उनले भने ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्