समय : ०७:२३ pm | शुक्रबार , वैशाख १८ गते २०८३

बलेफी हाईड्रोपावरले १७.९८ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने

अर्थ विशेष | माघ २९ गते २०८१

काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमाफर्त बिक्री गर्ने भएको छ । कम्पनीले आगामी फागुन ५ गतेदेखि १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागेको हो ।
कुल सेयर संख्यामध्ये संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारण समूहतर्फको लकइनमा रहेको ६ लाख १३ हजार ५७३ कित्ता सेयर रहेका छन् । यी सेयरहरु आगामी चैत २९ गतेसम्म लकइनमा रहेको कम्पनीले जनाएको छ ।

बोलपत्र आवेदन पाइने र बुझाउने ठाँउहरुमा एनआईएमबी एस क्यापिटल लाजिम्पाट, शाखा कार्यालयहरु, चिप्लेढुङ्गा(पोखरा),ट्राफिकचोक बुटवल,आदर्शनगर विरगञ्ज र विराटनगर(गोल्छाचोक) तोकिएको छ । सेयरको न्यूनतम मूल्य रु.१०० निर्धारण गरिएको छ । आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा मागबमोजिम दिन पाइनेछ ।

आवेदन दिने अन्तिम मिति फागुन १९ गते तोकिएको छ ।

कम्पनीले गत मंसिर २७ गतेदेखि पुस १७ गतेसम्म हाल कायम चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद निष्कासन गरेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्