समय : १२:४१ am | बिहिबार , माघ २१ गते २०८२

सन नेपाल लाइफद्वारा वैदेशिक रोजगार बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्थ विशेष | माघ २८ गते २०८१

काठमाण्डौ । सन नेपाल लाइफद्वारा मलेशियास्थित नेपाली आप्रवासी कामदारलाई वैदेशिक रोजगार बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न मलेशियामा कार्यरत नेपाली आप्रवासी कामदारहरूको वित्तीय सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्स द्वारा आयोजित ‘नेपाली आप्रवासी कामदारलाई लक्षित गरि वैदेशिक रोजगार बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम मलेसिया को क्वाला लम्पुर मा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथिका रूपमा मलेशिया का लागि नेपाली राजदूत माहामहिम डा.नेत्रप्रसाद तिमिल्सिना रहेका थिए। साथै, सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले आप्रवासी श्रमिकहरूको वित्तीय सुरक्षा, बैदेशिक रोजगार बीमा, दाबी भुक्तानी प्रक्रिया र यसका दीर्घकालीन लाभबारे प्रकाश पारेका थिए।

सन नेपाल लाइफ इन्स्योरेन्स अप्रवासी नेपालीहरूका लागि आर्थिक तथा स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्न प्रतिबद्ध छ साथै कम्पनीले १३९ शाखा तथा उपशाखा कार्यालयहरू तथा ३२ हजार अभिकतामार्फत देशभर र देश बाहिर रहेका नेपाली नागरिकहरुलाई जीवन बीमा सेवा प्रदान गर्दै आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षामा निरन्तर समर्पित रहेको कम्पनीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्