समय : १०:३६ pm | शुक्रबार , वैशाख १८ गते २०८३

पौवादुङ्मामा वृद्धिमुखी उद्यमशिलता रोजगार प्रवर्द्धन कार्यक्रमको सुरुआत

अर्थ विशेष | माघ २८ गते २०८१

भोजपुर । पौवादुङ्मा गाउँपालिकामा ‘वृद्धिमुखी उद्यमशिलता र रोजगार प्रवर्द्धन कार्यक्रम’को सुरुआत गरिएको छ । उद्यमशिलताको विकाससँगै रोजगारी सिर्जना गर्ने लक्ष्यले जिल्लामा नै पहिलो पटक यो कार्यक्रम सुरुआत गरिएको हो ।

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय, गाउँपालिका र दायित्व संस्थाको त्रिपक्ष लागत साझेदारीमा पाइलट प्रोजक्ट (नमूना परक्षिण कार्यक्रम)का रुपमा सञ्चालन गरिएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयको रु ४० लाख, गाउँपालिकाको रु २० लाख र दायित्व संस्थाको रु १५ लाख गरी कूल रु ७५ लाख लागतका कार्यक्रम सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।

यो कार्यक्रमअन्तर्गत उद्यमीहरुको छनोट, सशक्तीकरण, व्यवसायिकीकरण र बजारीकरणमा सहयोग गरिने उनले जानकारी दिए। “त्रिपक्षिय लागत साझेदारीमा हाम्रो गाउँपालिकामा पहिलो पटक यो कार्यक्रम सञ्चालन गरेका छौँ”, प्रशासकीय अधिकृत भट्टराईले भने, “यो कार्यक्रमअन्तर्गत यहाँका उद्यमीहरुको खोजी तथा पहिचान गरेर सशक्तीकरणसँगै व्यवसायिकीकरण र बजारीकरणको लागि प्रोत्साहन गरिने छ ।”भोजपुर । पौवादुङ्मा गाउँपालिकामा ‘वृद्धिमुखी उद्यमशिलता र रोजगार प्रवर्द्धन कार्यक्रम’को सुरुआत गरिएको छ । उद्यमशिलताको विकाससँगै रोजगारी सिर्जना गर्ने लक्ष्यले जिल्लामा नै पहिलो पटक यो कार्यक्रम सुरुआत गरिएको हो ।

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय, गाउँपालिका र दायित्व संस्थाको त्रिपक्ष लागत साझेदारीमा पाइलट प्रोजक्ट (नमूना परक्षिण कार्यक्रम)का रुपमा सञ्चालन गरिएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयको रु ४० लाख, गाउँपालिकाको रु २० लाख र दायित्व संस्थाको रु १५ लाख गरी कूल रु ७५ लाख लागतका कार्यक्रम सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।

यो कार्यक्रमअन्तर्गत उद्यमीहरुको छनोट, सशक्तीकरण, व्यवसायिकीकरण र बजारीकरणमा सहयोग गरिने उनले जानकारी दिए। “त्रिपक्षिय लागत साझेदारीमा हाम्रो गाउँपालिकामा पहिलो पटक यो कार्यक्रम सञ्चालन गरेका छौँ”, प्रशासकीय अधिकृत भट्टराईले भने, “यो कार्यक्रमअन्तर्गत यहाँका उद्यमीहरुको खोजी तथा पहिचान गरेर सशक्तीकरणसँगै व्यवसायिकीकरण र बजारीकरणको लागि प्रोत्साहन गरिने छ ।”

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्