समय : १२:३२ am | आइतबार , वैशाख १९ गते २०८३

आज पनि घट्यो सुनको मूल्य

अर्थ विशेष | माघ ७ गते २०८१

काठमाण्डौ । सुनको मूल्य आज पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ८ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५७ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्