समय : ०२:०३ pm | बिहिबार , फागुन २८ गते २०८२

सुनको मूल्य तोलामा १६०० ले बढ्यो

अर्थ विशेष | पौष २८ गते २०८१

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य २७०४ अमेरिकी डलर निर्धारण भएको छ । गत शुक्रबार सोही परिमाणको पहेँलो धातु २६८१ डलरमा कारोबार भएको थियो ।

गत शुक्रबारको तुलनामा आज प्रतितोला सुनमा एक हजार ६०० ले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि १५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज एक लाख ५५ हजार ७०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार आठ सय ६० कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्