समय : ०४:४७ pm | सोमबार , चैत्र ९ गते २०८२

सिटिजन्स बैंकको साढे २ लाख बढी कित्ता शेयर बिक्रीमा

अर्थ विशेष | पौष २६ गते २०८१

काठमाडौं । सिटिजन्स बैंकको साढे २ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको २ लाख ६४ हजार ६१.५८ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले खरिदका लागि निवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०२ रुपैयाँ तोकिएको छ। यसको अर्थ संस्थापक शेयरधनीहरुले शेयर खरिदका लागि निवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गर्नुपर्नेछ।

शेयर खरिदका लागि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्