समय : १०:२४ am | बुधबार , चैत्र ११ गते २०८२

कुमारी बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | पौष १५ गते २०८१

काठमाण्डौ । कुमारी बैंकले ५० हजार १९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न निवेदन दिएकाले उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको बैंकले जनाएको छ । संस्थापक सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुको हुने भएकाले यो सेयर संस्थापकहरुका लागि बिक्रीमा राखिएको बैंकले जनाएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापकहरुले सूचना जारी भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्