समय : ०९:०४ pm | सोमबार , वैशाख २१ गते २०८३

युनाइटेड अजोड इन्स्योरेन्सको ४.०७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | पौष १२ गते २०८१

काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको ४ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीका संस्थापक सेयरधनी आईजे ग्रुप प्रालि र राधेश्याम अग्रवालको नाममा रहेको कुल ४ लाख ७ हजार १८२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
आईजे ग्रुपको ३ लाख ७४ हजार ४५ कित्ता सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२५ रुपैयाँ र राधेश्याम अग्रवालको प्रतिकित्ता २७५ रुपैयाँ निर्धारण गर्रिएको छ ।

यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकोशित भएको ३५ दिनभित्र सुन्धारामा रहेको कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ ।

अन्यथा अन्य कम्पनी तथा व्यक्तिलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्