समय : ११:१५ pm | सोमबार , पौष ८ गते २०८१

वैदेशिक रोजगारमा रहेकालाई जारी गार्डियन माइक्रो लाइफको आइपीओ बाँडफाँड

अर्थ विशेष | पौष ८ गते २०८१

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी आइपीओ आज बाँडफाँड गरिएको छ।

तोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट गरिएको हो। गार्डियन माइक्रो लाइफले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि गत मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो।नेपाल धितोपत्र बोर्डबाट कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको आइपीओ ल्याउने अनुमति पाएको छ। आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ७५ करोड रुपैयाँ पुग्नेछ।

पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीलाई अनुमति पाएको २२ करोड ५० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँको आइपीओ बिक्री गरेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ लाख २५ हजार कित्ता बिक्री खुला गरेको थियो।

धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार यो आइपीओमा अन्तिम दिनसम्म कुल ३७ हजार २१९ आवेदकबाट १९ लाख ५४ हजार ६० कित्ता शेयर माग भएको थियो। जुन ८.६८ गुणा बढी आवेदन हो।

कुल आवेदनमध्ये ३७ हजार २०९ आवेदकबाट परेको १९ लाख ५३ हजार ८५० कित्ता शेयर सदर भएको छ भने १० आवेदकबाट परेको २१० कित्ता शेयर बदर भएको छ।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको थियो। जसमा २२ हजार ५०० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्।

सदर आवेदकमध्ये १४ हजार ७०९ आवेदकको हात खाली भएको छ।

गार्डियन माइक्रो लाइफको आइपीओ धितोपत्र बिक्री प्रबन्ध कुमारी क्यापिटल, सीडीएससीको https://iporesult.cdsc.com.np/ मा र मेरो शेयरमार्फत हेर्न सकिन्छ।

वैदेशिक रोजगारमा रहेका नेपाली आइपीओ बिक्री गरेपछि अब कम्पनीले दोस्रो चरणमा ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता आफ्ना कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गर्नेछ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्