समय : १०:५६ pm | सोमबार , पौष ८ गते २०८१

निक्षेप तथा कर्जा सुरक्षण कोषको मुख्य शाखा कार्यालय समुद्घाटन

अर्थ विशेष | पौष ८ गते २०८१

काठमाण्डौ । पुस ८ गतेका दिन एक कार्यक्रमका बीच नेपाल सरकार, अर्थ मन्त्रालयका सचिव तथा निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समितिका अध्यक्ष डा. राम प्रसाद घिमिरेबाट कोषको मुख्य शाखा कार्यालय समुद्घाटन भएको छ । कार्यक्रममा कोषका सञ्चालक समितिका सदस्यहरु र कोषका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
हाल केन्द्रीय कार्यालयबाट प्रदान गरिँदै आएका सेवाहरुलाई छुट्टै शाखा मार्फत छिटो, छरितो र प्रभावकारी रुपमा प्रदान गर्ने उद्देश्यका साथ कोषको केन्द्रीय कार्यालय टंगालमा रहेको भवनको भुईँतल्लामा मुख्य शाखा कार्यालय स्थापना गरिएको हो ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्य राख्दै कोषका अध्यक्ष घिमिरेले कोषले आफ्नो काम कारोबारलाई ग्राहकमैत्री र पूर्ण व्यवसायिक बनाउनमा नयाँ शाखाले महत्वपूर्ण सघाउ पुग्ने आशा व्यक्त गर्दै नयाँ शाखाका कर्मचारी लगायत सिंगो कोष परिवारलाई बधाई ज्ञापन गरे ।

साथै, कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले शाखा कार्यालय स्थापना गर्नुको आवश्यकता, उद्देश्य र औचित्यता बारे प्रकाश पार्दै शाखा कार्यालय स्थापनाले एकातर्फ सेवा प्रवाह चुस्त हुन जाने र अर्को तर्फ केन्द्रीय कार्यालय नीतिगत र सुररीवेक्षकीय कार्यमा बढी केन्द्रीत हुन गई सुरक्षण योजनाहरुको विस्तार र प्रवर्दनमा विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्