समय : ०८:०८ pm | सोमबार , पौष ८ गते २०८१

सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा

अर्थ विशेष | पौष ८ गते २०८१

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पुस २९ गते, सोमबार, आफ्नो बीसौँ वार्षिक साधारण सभा गर्ने भएको छ । सो सभा आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौँमा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३.६५१६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१९२२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १७ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्