समय : ०८:०८ pm | सोमबार , पौष ८ गते २०८१

गरिमा विकास बैंकले पुसको अन्त्यमा साधारण सभा आयोजना गर्ने

अर्थ विशेष | पौष ८ गते २०८१


काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले लाभांश पारितको मुख्य प्रस्तावसहित साधारण सभा डाकेको छ । पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १८ औं साधारण सभा आगामी पुस २९ गते पोखरामा रहेको होटल पोखरा ग्राण्डमा बिहान साढे १० बजेदेखि आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा गत आवका लागि प्रस्तावित ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित ।गरिनेछ ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र ३ जना संस्थापक र ३ जना सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्