काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले १२ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २१ लाख ३० हजार ८०५ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
संस्थाले यो सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखेको जनाएको छ । विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र मोरङमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।उक्त अवधिभित्र कुनै आवेदन नआएमा प्रचलित कानूनबमोजिम अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।