समय : ०२:४३ am | सोमबार , पौष ७ गते २०८१

सूर्योदय वोमी लघुवित्तद्वारा नगद लाभांश परिमार्जन

अर्थ विशेष | पौष ७ गते २०८१

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले नगद लाभांश परिमार्जन गरेको छ । पुस ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि प्रस्तावित लाभांश परिमार्जन गरेको हो ।
बैठकले यसअघि प्रस्तावित १ प्रतिशत नगद लाभांशलाई घटाएर ०.९६२३५०५ प्रतिशत कायम गरेको छ । यससँगै सेयरधनीहरुले पाउने कुल लाभांश ६.९६२३५०५ कायम भएको छ ।

संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई आर्थिक वर्ष २०८०÷८१ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश(कर प्रयोजन समेत) गरी कुल ७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्