समय : ०१:५० am | सोमबार , पौष ७ गते २०८१

कुमारी बैंकको २२.४३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | पौष ४ गते २०८१

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले २२ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २२ लाख ४३ हजार ७ कित्ता सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो कोही व्यक्ति कम्पनी तथा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आगामी पुस १८ गतेभित्र काठमाण्डौको नक्सालमा रहेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ । सेयर खरिदका लागि आवेदन दिदा न्यूनतम १० लाख कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्