समय : ०२:५० pm | मङ्गलबार , वैशाख २२ गते २०८३

नमस्ते पे मार्फत हवाई टिकट खरिदमा १५० सम्मको क्यासब्याक

अर्थ विशेष | पौष २ गते २०८१

काठमाडौं । नमस्ते पे मार्फत हवाई टिकट बुक गर्ने यात्रुलाई सुपथ मुल्यमा उडान टिकट प्रदान गर्ने उद्देश्यका साथ नमस्ते पे ले नयाँ अफर सुरु गरेको छ। यो अफर पुस १ गतेदेखि फागुन २९ गतेसम्म लागू हुनेछ। यस अफरअन्तर्गत, नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी, हरेक बुधबार, नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने ३० यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै १५० क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै, हरेक महिना १ भाग्यशाली उडानकर्ताले लक्की ड्र मार्फत आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।

क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नुपर्दैन। जसको अर्थ प्रयोगकर्ताहरूले नमस्ते पे मार्फत जति धेरै लेनदेन गर्नेछन्, उति नै धेरै क्यासब्याक पाउनेछन्। नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्