समय : ०९:१२ pm | मङ्गलबार , वैशाख २२ गते २०८३

प्राइम बैंकले बढायो निक्षेपको ब्याजदर, कति पुग्यो ?

अर्थ विशेष | मंसिर ३० गते २०८१

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेडले मुद्दति निक्षेपको ब्याजदर बढाएको छ ।
मुद्दति निक्षेपका लागि मंसिरमा तोकिएको ब्याजदर ९ प्रतिशतको हाराहारीमा बढाएको हो ।

मंसिरमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ पाइने अधिकतम ब्याजदर ५.७५ प्रतिशत रहेकोमा बढाएर ६.२५ प्रतिशत पुर्याइएको हो ।

संस्थागततर्फ मुद्दति निक्षेपको ब्याजदर भने यथावत राखिएको छ । पुस १ गतेदेखि लागू हुने गरी बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फ ३ देखि ६ महिनाको ब्याजदर ५.५० प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मको ब्याजदर ५.७५ प्रतिशत, १ वर्षे अवधिको ब्याजदर ६ प्रतिशत र १ वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपको ब्याजदर ६.२५ प्रतिशत तोकिएको छ ।

मंसिरमा ३ देखि ६ महिने अवधिको मुद्दति निक्षेपको ब्याजदर ४.५० प्रतिशत, ६ महिनादेखि १ वर्षे अवधिको ४.७५ प्रतिशत र १ वर्षभन्दा बढी अवधिको ब्याजदर ५.७५ प्रतिशत रहेको थियो ।

संस्थागततर्फको ब्याजदर चाहिँ ६ महिनादेखि १ वर्षेका लागि ३.७५ र १ वर्षभन्दा बढी अवधिका लागि ४ प्रतिशतलाई यथावत राखिएको छ ।

बचत खाता तर्फको अधिकतम ब्याजदर मंसिरकै ५.९५ प्रतिशतलाई निरन्तरता दिइएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्