समय : ०७:०५ am | सोमबार , पौष ८ गते २०८१

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत

अर्थ विशेष | मंसिर २७ गते २०८१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेरुप्सेमा गुराँस लघुवित्त वित्तीय संस्था, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र स्वावलम्बन लघुवित्त संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार गुराँस लघुवित्तको १४.२५ प्रतिशत बोनस वापतको १ लाख ४४ हजार ४९५ कित्ता सेयर, अरुण भ्यालीको ३ प्रतिशत बोनस वापतको ११ लाख २० हजार ७७८ कित्ता र स्वाबलम्बन लघुवित्तको १४.२५ प्रतिशत बापतको २० लाख ६६ हजार २५० कित्ता सेयर सूचीकृत भएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्