समय : ०८:३६ am | बुधबार , वैशाख २३ गते २०८३

सिद्धार्थ बैंकको लाभांश घोषणा

अर्थ विशेष | मंसिर २३ गते २०८१

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट ४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांशमा हाल कायम चुक्तापूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँको कुल ४ प्रतिशतले हुन आउने ५६ करोड ३५ लाख ९९ हजार रुपैयाँ नगद लाभांश रहेको छ ।

यो लाभांश नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पठाउने र आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गर्ने निर्णय समेत भएको बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्