समय : १०:२४ am | बुधबार , वैशाख २३ गते २०८३

तीन करोड लागतमा सभाहल निर्माण

अर्थ विशेष | मंसिर २१ गते २०८१

तनहुँ। म्याग्दे गाउँपालिका–३ बेल्टारस्थित ठूलो बगैचामा गाउँपालिकाको तीन करोड रुपैयाँ लगानीमा सात सय दर्शक क्षमताको सभाहल निर्माण भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार सभाहल निर्माणका लागि स्थानीय सरस्वती घिमिरेबाट आधा रोपनी जग्गा निःशुल्क प्रदान भएको हो ।

सभाहलको निर्माण गत असारमा पूरा भएको हो । आज त्यसको औपचारिक उद्घाटन हुँदैछ । अब गाउँपालिकाले कार्यक्रम गर्न अन्यत्र पेक्षालयको व्यवस्था गर्नुपर्ने छैन । साथै अन्य सङ्घसंस्थालाई पनि कार्यक्रम गर्न सहज हुनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्