समय : ०४:५८ pm | बुधबार , वैशाख २३ गते २०८३

पोखराको बाँझो जग्गामा कागतीखेती

अर्थ विशेष | मंसिर १४ गते २०८१

गण्डकी । पोखरा महानगरपालिका- २८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसैवर्षदेखि कागती खेती सुरु गरेका छन् ।गाउँबेंसी एकीकृत कृषि केन्द्रका सञ्चालकसमेत रहेका उनले व्यवसायिक रुपमा कागती खेती सुरु गरेको बताउँदै हाल २६ रोपनी क्षेत्रफलमा ५८४ ‘तेह्रथुमे’ जातका कागतीका विरुवा हुर्किरहेको जानकारी दिए ।

कागती खेतीका लागि उनले पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, आयोजना कार्यान्वयन एकाइ गण्डकी प्रदेशअन्तर्गत फलफूल बगैंचा स्थापना कार्यकमबाट अनुदान सहयोग पनि पाएका छन् ।कार्यक्रमका लागि कुल लागत सात लाख ८१ हजार ४०० रुपैयाँ रहेकामा आयोजनाबाट तीन लाख ९० हजार ७०० स्वीकृत अनुदान रहेको छ । तीन लाख ९० हजार ७०० त्रिपाठी स्वयंले व्यहोर्नेछन् ।

कागतीको उत्पादन गर्दै आय बढाउने र यसबाट रोजगारी सृजना गर्ने उनको लक्ष्य छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्