काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पवन कुमार खड्का नियुक्त भएका छन् । कम्पनीको मंसिर १६ गतेृ बसेको सञ्चालक समितिको बैठकले खड्कालाई सीईओ नियुक्त गरेको हो । उनलाई आगामी ४ वर्षका लागि सीईओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
आईएमई लाइफ इन्स्योरेन्सको सीईओमा खड्का नियुक्त










