काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको कामु सीईओको जिम्मेवारी शिवराज जोशीलाई दिइएको छ ।
संस्थाको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।उनलाई मंसिर १७ गतेदेखि लागू हुनेगरी उक्त जिम्मेवारी दिइएको संस्थाले जनाएको छ । हाल जोशी संस्थाको नायम सीईओको रुपमा कार्यरत छन् । यस्तै बैठकले संस्थाका सीईओ सुरेश बहादुर बमको राजीनामा मंसिर १६ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ ।










