समय : ०९:४७ am | बुधबार , जेठ १ गते २०८२

सुनको मूल्यमा गिरावट

अर्थ विशेष | वैशाख १२ गते २०८२

काठमाण्डौ । शुक्रबारको कारोबारमा सुनको मूल्य घटेको छ । घरेलु बजारमा आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार रुपैयाँले घटेको छ ।
यससँगै सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार भने सुनको मूल्य २ सय रुपैयाँले बढेको थियो । उक्त दिन सुन मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको मूल्य आज १० रुपैयाँले घट्दै प्रतितोला २ हजार रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्